फागुन २८ दाङ – ठगी गरेको आरोपमा दाङका एक जना ठेकेदार पक्राउ परेका छन ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-८ अश्वार बस्ने ३० वर्षीय अनुप पाण्डे रहेकाे प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ।
ठगी गरेकाे भन्दै पीडित भनिएका गेहेन्द्र बहादुर बस्नेतले पाण्डे विरुद्ध गत बुधबार जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा बैंकिङ कसूर मुद्दा दर्ता गरेपछि उच्च अदालत तुलसीपुरबाट पक्राउ अनुमती जारी भएकोमा शनिबार दिउँसो काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट ब्युरोकाे अनुसन्धान टाेलीले पक्राउ गरेकाे ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्ताेले बताए।
पाण्डेले ईनजिनियरिङ एण्ड ईन्फ्रा प्रोजेक्ट प्रालिबाट साईड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएर पीडितको सवारी साधन प्रयोग गरी सवारी साधनको भाडा बापतको रकम १ करोड ४४ लाख १७ हजार ७ सय ७६ रूपैयाँ मध्ये सानिमा बैंकको प्रर्याप्त मौज्दात नभएको चेक मार्फत १ करोड ८ लाख ५७ हजार ७ सय ७६ रूपैयाँ रकम भएको चेक दिई बैकिङ कसूर गरेको पिडितकाे जाहेरीका आधारमा पुष्टि भएपछि पाण्डेलाई पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएकाे प्रवक्ता प्रहरी उपरीक्षक महत्ताेले बताए।