फागुन २८ सुर्खेत – नुहाउन भेरी नदीमा गएका तीन जना बालबालिका बेपत्ता भएका छन्।

भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानीवगर घाट भेरी नदीमा नुहाउने क्रममा शनिबार भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

नुहाउने भन्दै उनीहरू अपरान्ह भेरीमा गएकाे र त्यसपछि सम्पर्क बिहिन भएपछि परिवारले प्रहरीलाई खबर गरेपछि अहिले नेपाल प्रहरी सहित सशस्त्र प्रहरी बल र स्थानीयले भेरीमा खाेजिकार्य गरिरहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार