फागुन २७ सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि आज दिउसाे सुर्खेतमा ढुंगा प्रहार गरेका भन्दै सामाजिक संजाल दिनभर तातियाे।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्ड माथि ढुंगा प्रहार भएको भन्दै घाइते जस्तो देखिने तस्बिर समेत सार्वजनिक भएको थियोे।

आधारहिन रुपमा कतिपय मिडिया र व्यक्तिले सम्प्रेषण गरेको पाइएकोले त्यसमा कुनै पनि सत्यता नभएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ऐरले जनसहारा संग बताए।

आजकाे उक्त कार्यक्रम अवधिभर अमर्यादित प्रकारका र त्यस्ता बाहिर गरिए अनुसारका झुठा भ्रमपुर्ण र शान्ति सुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरु सम्प्रेषण भएकोमा पनि प्रहरीकाे ध्यानाकर्षण भएको भन्दै यस्ता प्रकारका झुठा भ्रमपुर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरु सम्प्रेषण गरिएको पाईएमा विद्युतिय करोबार ऐन, २०६३ बमोजिम कारबाही हुने चेतावनी दिदै सचेत रहेर सत्य सुचना सम्प्रेषण गर्न पनि प्रहरी नायव महानिरीक्षक ऐरले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार