२०३८ साल माघ महिना थियो। मेरा बाले तराई ल्याउदा। दशैं ताका घरजग्गा बेच्नुभयछ। पहाड भए पनि खान लाउन नपुगेको थियन। सात छोराछोरीलाई पाल्नुताल्नु,पढाईलेखाई खर्चका लागि चल पुजीँको कमिले हो कि खै किन हो म बुझ्न सक्ने परिक्व थिइन।

ठुल्दाई जागिर खाने क्रममा बेसरी बिरामी परेको अरे। पाल्पाको मिसन अस्पतालमा १८ महिना राखेपछि पनि निको नभयर आखिर हेराउदा नाग देखिय अरे। नागको पूजा गरेपछि बल्ल दाइ उठेको अरे। माइलो दाईलाइ ब्रिटिश आर्मीमा भर्ति गर्न सैना बा ले खुब कोसिस गर्नुभयछ। तर दाइ भागेर नेपालीसेनामा भर्ती भयको रहेछ। साइलो दाइ पढ्दापढ्दै भागेर लाहुर गयछ उतै बिरामी परेर दिल्लीको सफदरगन्ज अस्पतालमा उपचार गरायर बाले नै फिर्ता ल्याउनु भयछ। दिदीको बिहे भारतिय सेनामा लाहुरे भयका आरुचौरका डिल्ली सिग्देलसंग बिहे गरिदिएको अलिअलि सम्झना छ।

उहाँहरु पछिका कान्छो दाइ ,म र बहिनी पढ्दै थियौं। बाले हेराउदा ज्योतिषीले तराई झरे सुख पाउंछौ भन्दियछन् र घरखेतबारी बेचेर तराई झार्नुभयको अरे। आमाको प्रतिक्रिया के थियो मैले बुझ्ने त कुरै भयन अन्तत: हामी २०३८ सालको माघमा तराई झर्यौं।

बसको लामो यात्रामा कहिल्यै नहिडेकोले होला मलाई अनौठो लागिरहेको थियो। बससंगै बाटो छेउका रुखहरु सुंकंदै थिए। रमाइलो त लागेको थियो तर त्यो यात्रामा आमा साथ नभयकोले कताकता खल्लो भने लागेको थियो।त्यति बेला सम्म आमाको काखबाट एकरात पनि हामी पर थियनौ त्यसैले होला बसले फेरि फर्काएर घर लगिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो।

घाम बिस्तारै डाडाँको यात्रामा थिए। हामी लगभग ४ बजेतिर बुटवल खस्यौली झरियो। दुई दाइ,साइली भाउजू म र बहिनी अनि बा संगै थियौ। त्यतिबेला बुटवललाई खस्यौली भनिन्थ्यो क्यार। खस्यौलीबाट कपिलवस्तु जीतपुर जाने बस चढियो। घामले रुप फेर्दै थियो। ५ बजे हामी दरखासमा झर्यौं र बाले किनेको घरतिर लागियो जुन अबको हाम्रो स्थाई घर थियो। मनमा कस्तो ठाउँमा होला घर ? ठूलो होला कि अथवा डाडामा टुपुक्क बसेको होला अनि त्यहाबाट वरपरको रमणिय दृश्य हेर्न पाउंला जस्तो अनेक तर्कबितर्क मनमा चलिरह्यो।

अबको गाउँ पछि मेरा बाले किनेको घर आउंथ्यो।जब दुई घर कटियो एउटा दुईतले पक्की घरबाट ठूलो भोटेकुकूर निस्केर आइहाल्यो र मलाई झम्ट्यो। त्यसदिनसम्म मैले कुकुर छोएको पनि थिइन। मेरो सातो जानू स्वभाविक थियो। देब्रे खुट्टाको पिडौंलामा क्वाप्प पारिछाड्यो। घरका मान्छे आएर कुकुर लगे तर मेरो हालत सोध्दै सोधेनन्।उनिहरु त्यहाका हुनेखाने र अलि बर्चस्व जमाएका ठालु रहेछन्। अब मलाई रुन अरु बहाना चाहियन।एक त आमा साथमा नभयको अर्को कुकूरको टोकाईले मलाई बिक्षिप्त बनायो। रुंदै रुंदै बाटो लाग्यौं।

त्यहि अगाडि पुग्दा एकजना थारु काकाले कुत्ता काटलका बहिनी भने। थारु भाषा बुझे पो! के भने के ! टाउको हल्लाउँदै हेरेको हेरेई भैयो सबै। उनै काकाले भने – आज झारेक नाहि मिली काल्ही खस्रेटाक घर ओओ वहिं झारदेव। हां धामिलके मिट्टी चाहिँ तुहार पास है कि नाहिं ? नाहि बा तो ठिक बा हमार घरमे बा। नाभुलल जाई । यति भने तर आधा बुझियन। बेलुका ठुलाबा कहाँ भनेको दाईले सबै बुझाउनु भयो र घर पनि चिनाईदिनुभयो

बाले आफन्तका घरमा लैजानु भयो। पहाडमा डाडाँ कटेपछि उज्यालो रहने तर घाम नदेअिने हुन्थ्यो तराईमा त घाम झरेपछि अँध्यारो पो हुने रहेछ म अचम्मित थिए। त्यसबेला म छ कक्षामा पढ्थें।आफन्त भनेका बा का दाइ पर्नुहुदो रहेछ अर्काको घरमा जांदा खाना नखाने चर्पि समेत अर्काको घरमा नजाने मलाई साह्रै छटपटी भयो तर बाको बिवसता त बुझ्नै थियो। भोलिपल्ट बाले किनेको घरतिर लागियो। मनले देखेको घर र बाले किनेको घर त जमिन आकाशको फरक रहेछ। उ त्यै हो हाम्रो घर बाले देखाउनु भयो। मन उराठ भयो घर ठ्याक्कै शिवले सतिदेवी बिहे गरेर लैजांदा सतिदेवीलाई देखाएको कैलाशपर्वतको रामझुपडी जस्तै।

घरको भित्ता खरको, छानो खरको,ढोका छैन। हे भगवान बरु हामी कोदाको ढिंडो खायर बस्थ्यौं भात खान कस्तो ठाउँमा ल्याउनुभयो बाले ? उता खुट्टा दुखेर मर्न न बांच्नु भएको थियो। उपचारका लागि भोलिपल्ट खस्रेटाकहा जानै पर्यो। ठुलाबाका छोरा साइला दाईले लगिदिनु भयो। धमिराको गोलाको माटो मुछे सातवटा डल्ला पारे अनि एकएक गर्दै खै के मन्त्र पढ्दै मेरो घाउमा दल्न थाले ,मासुको चोक्टा निकाले झैं असह्य पीडा भयो। म रुंदै थिए अब हो गइल बहिन नारो ,चुप कर,अब निक होजाई भन्दै माटाको डल्लाले घाउ चुभाईरहे। सात डल्लाले घाउमा घिसारी सकेपछि सातों रोज ऐसन करेक पडि ओकरवाद ठिक होजाई। उस कुत्ताक दांतमे रौं होता वहि रौं निकालेन वाद ठिक होई भने।

एन्टी रेविजको सुइ लाउन पर्दैन भने तैपनि बाले दरखास गयर मेडिकलमा सोध्नु भयछ त्यहा पनि सात दिन कुकूरलाई निगरानीमा राख्नु भनेछन्।सातदिन ती कष्ट सहंदै झारफुक भयो। कुकुर पनि ठिक नै रह्यो अनि सुई लगाईन।

एक त जन्मघर, आफु खेलेको गाउँ,साथी संगी,स्कुल छोडेको अनि साथमा आमा नभयको, अनि तराईको घर देखेर दिक्क लागेको त्यसमा पनि कुकूरले टोकेर मन हतास बनाइदिएकोले मनमा खिन्नता बाहेक केही रहेन। मनमनै बाप्रति रिस बढ्दै गयो तर बाको पीडा भनौं या बाध्यता बुझ्ने कोसिस गरिन। फागुन लाग्नासाथ आएको हुरी तुफानले झन् मन उडायर खै कहाँ पुर्यायो बाटो हेर्दै आमा आउने दिन मात्रै कुरिरहें कुरिरहें।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार