फागुन २६ संखुवासभा – बिहानै बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएको छ।

आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ र उद्दारकाे लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा सहित स्थानीयहरु खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

संखुवासभाबाट झापाकाे दमककाे लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान रेसम फिलिली सातघुम्ती पुलुङमा दुर्घटनामा परेकाे घटनाकाे थप विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।

बस सडकबाट अन्दाजी ४०० मिटर तल खाेलाकाे खाेजमा खसेकाे ठाउँ निकै अप्ठ्यारो भएकाले उद्दारमा केही ढिला भएको डिएसपी सुवेदीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार