फागुन २४ काठमाडौं – एकै परिवारका पाँच जना अचेत अवस्थामा भेटिएका छन जस मध्ये एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा ३३ वर्षीय सुर्णणमान प्रधान रहेका छन्। भने अचेत अवस्थामा रहेका ६२ वर्षीया ईन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, र ११ वर्षीया सुप्रिया प्रधान छन्।
नागार्जुन नगरपालिका–६ साेमबार बेलुका साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका मानिसहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त प्रहरी टोल घटनास्थल पुगेर उद्दार गरेकाे महाशाखाले जनाएको छ।
पाँच जनालाई उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटाेमा मृत्यु भएको र अन्य चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको महाशाखाले जनाएको छ।