फागुन २२ सल्यान – अनेरास्ववियु (क्रान्तिकारी) जिल्लामा संगठन विस्तारकाे अभियान तिव्र रुपमा चलाएकाे छ।
गत ११ गते बसेको जिल्ला समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्दै विभिन्न पालिकाका अन्तर्गतका विद्यालयमा आफ्नो संगठन विस्तार गर्ने क्रममा कालिमाटी गाउँपालिकाको श्री शारदा जनकल्याण माध्यामिक विद्यालयमा मुकेश वलीको अध्यक्षतामा ८३ सदस्यीय मा.वि मुल इकाई कमिटी गठन गरिएको छ।
जसको उपाध्यक्षमा दिपा पुन र बिमला बुढा सचिबमा सिर्जना सुनार, सहसचिबमा हुम बहादुर खडका र सुरेस घर्ति मगर त्यस्तै कोषाध्यक्षमा बिपना बुढा रहेका छन । त्यस्तै जनसेवा मा.वि असुरेनि कालिमाटीमा पनि ६१ सदस्यीय मा.वि मुल ईकाइ कमिटी गठन गरिएको छ।
उक्त संगठन विस्तार अभियानमा संगठनका जिल्ला अध्यक्ष मोहन खड्का जिल्ला सहसचिब कमल साप्कोटा र जिल्ला सदस्य कैलाश वलीले संगठनको मनतव्य राख्दै प्रशिक्षण दिएका थिए।
त्यसैगरी श्री कृष्ण माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका -७,संग्रहीमा मन बहादुर रोकाको अध्यक्षतामा ९१ सदस्यीय मा.वि.मुल एकाई कमिटी गठन गरिएको छ। जसकाे उपाध्यक्ष तुलसी खड्का, सुरेश खड्का, सुदर्शन राना, दिपक रोका, बिमल घर्तीमगर, सचिवमा उमा बि.क, सह-सचिवमा सन्तोष थापा र यादब खत्री छन भने कोषाध्यक्षमा विशाल रोका चयन भएका छन।
उक्त संगठन विस्तारमा अखिल (क्रान्तिकारी )कर्णाली प्रदेश समिति सचिव ठगेन्द्र पुनमगर,नेकपा(माओवादी केन्द्र)बनगाड कुपिण्डे नगर सह-सचिव जीवनसिंह ठकुरी, अखिल (क्रान्तिकारी )प्रदेश सदस्य तथा बनगाड कुपिण्डे नगर ईन्चार्ज रिज्मा राना,अखिल (क्रान्तिकारी )जिल्ला सदस्य तथा नगर अध्यक्ष अजय बिस्टकाे उपस्थितिमा भएको कार्यक्रमकाे सञ्चालन नगर उपाध्यक्ष जन्नत बस्यालले गरेका थिए।
त्यस्तै उता बागचौर नगरपालिका -११ काे श्री शिशु कल्याण मा.वि हारिचारमा भाबना खड्काको अध्यक्षतामा ३३ सदस्यीय मा.वि मुल इकाइ कमिटी गठन गरिएको छ। जसको उपाअध्यक्षमा बिपिन खड्का, सचिवमा राजेश वली, सहसचिव झरणा वली र कोषाध्यक्षमा नविना वली रहेका छन।
साेहि नगरपालिकाकाे -१२ मा रहेकाे दुर्गा सरस्वती मा.विमा खकेन्द्र बस्नेतको अध्यक्षतामा ४३ सदस्यीय मा.वि मुल इकाइ कमिटी गठन गरिएको छ। जसको उपाअध्यक्षमा निशा खड्का, सचिवमा युबराज वली, सहसचिवमा खिमा बुढामगर रहेका छन ।
यस कार्यक्रममा नेकपा माओवादी कर्णाली प्रदेश सदस्य कमला वली, नगरपालिका कमिटी सचिव दिपक वली र अनेरास्ववियु क्रान्तिकारीका प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष खडक खड्काको उपस्थिति रहेको थियो भने आज एकै दिन विभिन्न ४ विद्यालयमा गरि करिब ४०० विद्यार्थी संगठित भयकाे जनाएको छ।