फागुन २०, सल्यान – नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बागचौर नगरपालिका वडा नं. ७ को प्रथम वडा भेला बिहीबार कोटबारामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वलीले महिलाहरुको हकहितका लागि संगठ विस्तार गरेको बताएका छन । उनले गाउँघरमा रहेका महिला दिदिबहिनीका समस्याहरु नेतृत्व मार्फत सम्बन्धित ठाउँ पेश गर्ने अनुरोध गर्दै यसो गर्नाले पिडितले सकेसम्म न्याय पाउन पनि सजिलो हुने बताए । वलीले अखिल नेपाल महिला संघ क्रान्तिकारी संगठन सबै ठाउँमा विस्तार गर्ने पनि जानकारी दिएका छन ।
भेलाबाट अध्यक्ष धनमाया खडका वली, उपाध्यक्ष गिता डि.सी.वली, सचिव निर्मला वली, सह-सचिव सुनिता डि.सी. कोषाध्यक्ष ईश्वरी वली निर्वाचित भएका छन भने ४१ सदस्यीय समित गठन गरिएको छ ।