फागुन १७ सुर्खेत – नेपाली सेनाको हेलिकप्टर भित्रै एक महिलाले शिशुलाई जन्म दिएकि छन।

मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी मुगुकाे खत्याड गाउँपालिका-४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टर भित्रै शिशुको जन्म दिएकि हुन।  उद्धार गर्ने क्रममा  हेलिकाेप्टर भित्रै रावलले शिशुलाई जन्म दिएकाे नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।

अहिले आमा र शिशुलाई कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। कर्णाली लगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु  हुने गरेको थियो । त्यसलाई मध्ये नजर गर्दै सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ।

आज नै नेपाली सेनाले सेना दिवस काठमाडौमा मनाइ रहेकाे बेला उता कर्णालीमा यस्तो संयाेगले सिङ्गो नेपाली सेनालाई खुशीकाे अवसर मान्दै आमा र नवजात शिशुको स्वास्थ्य लाभकाे कामना गरेकाे छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार