फागुन १६ बाँके – बलात्कार आरोप लागेका नेकपा एमालेका नेता मुगुबाट निर्वाचित सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।

उनलाई अभियाेग लागेकै दिन संसद बैठक भएकाे भन्दै नेपालगन्जबाट काठमाडौ उडेका बानियाँ विरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्क विहीन भएका बानियाँ साेमबार नेपालगन्ज विमानस्थलबाट पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आराेपपछि प्रहरीको सम्पर्कमा रहेर बानियाँले आफू प्रहरी समक्ष आफै उपस्थित हुने प्रतिक्रिया दिदै आएकाे र साेमबार पनि उनले आफू नेपालगन्ज आउनकाे लागेकाे प्रहरीलाई पहिले नै खबर गरे अनुसार प्रहरी विमानस्थलमा गई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

अब बानियाँ माथि अनुसन्धानकाे लागि अदालतबाट थप म्याद अनुमति लिई अनुसन्धान थालिने र पिडीत पक्षलाई पनि बाेलाउने तयारी भएकाे छ।

“म आफै प्रहरी समक्ष आउछु भन्दै प्रहरीको अगाडि सार्वजनिक कार्यक्रममा सहभागी भइरहेपछि प्रहरीले पनि उहाले गरेकाे आत्मसमर्पणकाे मर्यादा राख्दै र सुक्ष्म रुपमा निगरानी समेत बढाएका थियौँ।” प्रहरी उपरीक्षक अधिकारीले भने।

गत ४ गते जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटेलमा आफूमाथि जबरजस्ती दुई पटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकि थिइन्‌ । उनिहरु बिचमा विगत देखि नै सम्बन्ध रहे पनि केही आर्थिक लेनदेनकाे विषयमा कुरा नमिले पछि घटनाले यस्तो रुप लिएकाे उनिहरु निकटकाहरु बताउँछन्।

के भन्छन बानियाँ ?

उनले आर्थिक लेनदेनमा विवाद भएकाे स्पष्ट पार्दै आफुलाई फसाउन नियाेजित रुपमा त्यहि विवादकाे अवसर पारेर षड्यन्त्र गरेकाे बताएका छन।

उनी भन्छन;” सत्यतथ्य नबुझी एउटा शिक्षिका सङ नाम जोडेर मेरो मान मर्दन माथी गम्भीर चोट पुगेको छ म सङ जोडियको शिक्षिका सङ चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो आबश्यक पर्दा धेरै प्रमाण हरु हामी सङ सुरक्षित छन यो बेज्यतिको ढोका नखोलौ भनेर चुप बसेको हो यो त घोका र बैमानी को ठुलो प्राकाष्ठा हो तेसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ ।”

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार