फागुन १५ दाङ – माेटरसाइकल र हाइस एक आपसमा ठाेकिदा एक जनाकाे मृत्यु भएको छ भने तीन जना घाइते भएका छन।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित दुधरासमा काठमाडौंबाट तुलसीपुर तिर गइरहेको बा ३ ख ८६४३ नम्बरको हाइस र विपरित दिशाबाट आएकाे नम्बर नखुलेको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार ठेगाना खुल्न नसकेकाे अन्दाजी २४ वर्षिय रेशम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका -१६ का २१ वर्षिय रेशम वली र हाइस चालक तुलसीपुर उपमहानगरपालिका -७ का २६ वर्षिय करण परियार गम्भीर घाइते भएकाे र उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपुर रेिफर गर्ने तयारी भएकाे छ भने हाइसका सहचालक प्राथमिक उपचार पछि डिसचार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।
घटना भए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टाेलीले घटनास्थल पुग्दा आगलागी भएकाे अवस्थामा भेटाएकाे र आगाे नियन्त्रणमा लिएर उद्दार गरेकाे तथा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिजालले बताए।