भाद्र २९ झापा – बन्चरोले हानेर आफनै छोराले आमाको हत्या गरेका छन । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउपालिका वडा नम्बर ७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नी आमा ५० वषीया मीरा ऋषिदेवको हत्या गरेका हुन्।

प्रहरीका अनुसार आइतबार राति ८ बजे मादक पदार्थ सेवन गरी घर पुगेका दिनेशले घरायसी वादविवादको क्रममा आमालाई बञ्चरो र ढुंगाले टाउको र खुट्टामा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको छ । प्रहरीले दिनेशलाई पक्राउ गरी अनुसन्धानका लागि दमक लगिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार