फागुन १३ बाँके – नेपाल–भारत सीमा अन्तर्गत नेपालगन्ज स्थित जमुनाह नाका शुक्रबार साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।

शुक्रबार बेलुकी ६ बजेदेखि लागू हुनेगरि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि करिब ६० घण्टा सीमानाका पूर्णरूपमा बन्द हुने भएको छ। भारतको बहराइच श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउन सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारेकाे भारतले अत्यावश्यक सेवा बाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमन छुट नहुने गरि बन्द गर्ने निर्देशन रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार