फागुन १३ सल्यान – गएराति अज्ञात समुहले कालिमाटी गाउँपालिका सहित वडा कार्यालय संगै त्यस आसपासमा रहेका स्थानीय  पसल,लघु वितिय संस्था र स्थानीय मन्दिरमा समेत तोडफोड गरेकाेे छ।

गाउँपालिका कार्यालयका सम्पुर्ण फाेरेर कार्यालयकाे सिसि क्यामेरा फुटाई विभिन्न शाखाहरुमा रहेका दराज र कार्यालयका सामानहरु ताेडफाेड भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका वडा नं.३ को वडा कार्यालय संगै जाल्पा सामुदायिक लघुबित्तबाट ३ लाख १७ हजार र पुतलि बजारमा रहेको स्थानीय प्रेम बिकको पसलबाट १८ हजार नगद चाेरी भएको र गंगामाला मन्दिरमा समेत तोडफोड गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार