फागुन १२ काठमाडौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ सहितका शिर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहित सुरु भएको संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार अपराह्न बसेको बैठकबाट बिचमै प्रधानमन्त्री देउवा बाहिरिए पछि दुई दल मात्रै छलफलमा बसेका थिए।

एमसीसीकाे विषयलाई लिएर तिव्र छलफलमा जुटेका दलहरु कसैसंग पनि आधिकारिक निर्णय छैन। सत्ता गठबन्धन नै फुटकाे संघारमा पुगिसकेको अवस्थामा एमसीसी सम्झौता बारे ठाेस निर्णय दलहरु बिच भएको छैन।

अहिले भएको दुई दलकाे छलफल सकारात्मक भएकाे र थप छलफल गरेर अघि बढने र तत्काल कुनै निष्कर्षमा पुग्ने अवस्थामा नरहेको माओवादी नेता नारायण काजी श्रेष्ठ `प्रकाश´ ले बताए।

छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार