फागुन १२, सल्यान – सल्यानमा एमसिसीका विरुद्ध विद्यार्थी संगठनले आन्दोलन गरेका छन । नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु ,माओवादी निकट अखिल क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी गरि ३ बिद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध कार्यक्रमको गरेका हुन् ।
एमसीसी नेपालको हित नरहेको र नेपाल र नेपाली जनताको हित बिपरितका कुनै पनि विधेक स्वीकार्य नहुने भन्दै उनिहरुले बिरोध गरेका हुन ।
एमसीसीको विरोध स्वरुप उनिहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । पुरानो बसपार्क तर्फबाट नेपाल टेलिकमको कार्यालयको रोड हुँदै एमसीसी बिरुद्धको र्याली जिल्ला प्रशासनको परिसरमा पुगेको हो ।
एमसिसी राष्ट्रघाती निर्णय हो यसलाइ कुनैपनि हालतमा पास गर्न हुदैन, देशको विरुद्धमा जाने नेतृत्वलाइ सुरुक्षा घेराबाट बाहिर आउन पनि चुनौती दिएका छन । साथै उनिहरुले सल्यानबाट निर्वाचित सांसदले एमसीसीको पक्षमा हस्ताक्षर गरे जिल्लामा प्रवेश निषेध गरिने बताएका छन ।
संगठनले हिजोपनी श्रीनगरमा राँके जुलुस बालेर बिरोध प्रर्दशन गरेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार