फागुन १२, सल्यान –  बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.३ को विवरण पनि सार्वजनिक गरेको छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं. ३ को कुल जम्मा विनियोजित बजेट रकम १० करोड ६८ लाख ११ हजार ५ सय ८० रहेको बागचौर नगरपालिकाका सुचना अभिकारी तिर्थराज डाँगीले जानकारी दिएका छन ।

सडक पुर्वाधार विकास तर्फ
१) सहिद रिङ रोड चौरपानी अस्थायी प्रहरी चौकी देखि पुतलीबास, खाली हुँदै लामाडाँडा ५० लाख, स्थानीय सरकार ।
२) रातपहरा ठुला खोला देखि दोबाटो कटेजसम्म सडक स्तरोन्नति ७५ लाख, प्रदेश सरकार ।
३) खाली गोरनेटा देखि आरिचौर नउगाउँ सम्म सडक निर्माण तथा स्तरोन्नति (क्रमागत) ३४ लाख, स्थानीय सरकार ।
४) खाली पिपलबोट देखि स्यालागैरा सडक निर्माण ३० लाख, स्थानीय सरकार ।
५) लाटागार पिपलबोट देखि चोरालसम्म सडक स्तरोन्नति ११ लाख ५० हजार, स्थानीय सरकार ।
६) ढोरेनी देखि कोलडाँडासम्म कृषि सडक ९ लाख, प्रदेश सरकार ।
७) किमेरी पोखरी देखि चोरालसम्म सडक निर्माण १० लाख, स्थानीय सरकार ।
८) संगुर पोखरी देखि चोरालसम्म सडक निर्माण ८ लाख, स्थानीय सरकार ।
९) लाटागार पिपलबोट देखि ढोरेनीसम्म सडक स्तरोन्नति ५ लाख, स्थानीय सरकार ।
१०) सेताभिर जुगेखोली जुरुढुङ्गी सडक ३ लाख
११) तल्लो सेताभिर सडक निर्माण २० लाख, संघीय सरकार ।
१२) गाउँका पोखरी देखि जुगेखोली सडक निर्माण १ लाख ५० हजार ।
१३) जुगेखोली देखि सियापात्ला थाराचौर सडक ६ लाख ।
१४) सियापात्ला देखि कोलडाँडा सडक ५ लाख ।
१५) सियापात्ला देखि थाराचौर सडक ३ लाख ।
१६) सोतागार पिपलबोट देखि तिलक डाँगीको घरसम्म सडक ३ लाख ।
१७) संगुर पोखरी देखि भद्र बहादुर डाँगीको घरसम्म सडक २ लाख ।
१८) सोतागार देखि खाली सडक स्तरोन्नति ५ लाख ।
१९) मिलनडाँडी देखि लाटागार सडक निर्माण (क्रमागत) १५ लाख ।
२०) जोगिनगारे सडक निर्माण ७ लाख ५० हजार ।
२१) फल्टेखोला सडक निर्माण २ लाख ।
२२) प्रगति आवि चौखिढुङ्गा देखि दारे हुँदै बाउन पोखरीसम्म सडक निर्माण १० लाख ।
२३) पुतलीबास देखि कोलबोट छेवाघरसम्म सडक निर्माण ५ लाख ।
२४) रारेचौर गोरनेटा सडक स्तरोन्नति १० लाख ।
२५) चौरपानी पिपलबोट देखि गारखर्क मसानघाटसम्म सडक निर्माण (क्रमागत) १२ लाख ।
२६) भाङ्गाबारी देखि पुतलीबास सडक निर्माण ५ लाख ।
२७) खाली मेला लाग्ने देखि सुटेखला सम्म सडक निर्माण ४ लाख ।
२८) आरिचौर देखि मसानघाटसम्म सडक निर्माण ५ लाख ।
२९) जिमिदार टोल सडक निर्माण ३ लाख ।
३०) खाली गोरनेटा देखि बाउनै पोखरी सडक निर्माण ४ लाख ।
३१) दखाले देखि मस्टा थान सडक निर्माण २ लाख, संघीय संसद विकास कोष ।
३२) वडा नं. ३ का सम्पुर्ण सडक मर्मत सम्भार १९ लाख ।
३३) थाराचौर बरपिपल देखि बनेचौरसम्म पदमार्ग निर्माण २ लाख ८८ हजार ५ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३४) लाटागार, पिपलबोट बाँझबोट हुँदै भ्युटावर पदमार्ग २ लाख ८८ हजार ५ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३५) खाली, गोरनेटा, जोगिनगारे हुँदै बनेचौर माविसम्म जाने गोरेटो बाटो निर्माण ५ लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३६) खाली आरिचौरबाट गारखर्क गोरेटो बाटो निर्माण ११ लाख ५४ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३७) रारेचौर, खाली, पिपलबोट स्यालेगैरासम्म सडक नाली तथा स्तरोन्नति २५ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३८) रारेचौर, फल्टेखोला, वडा नं. को दलित बस्तिसम्म गोरेटो बाटो निर्माण १० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३९) पुतलीबास नेटा देखि मस्टा थान छेवाघरसम्म सडक निर्माण तथा स्तरोन्नति १६ लाख । मुख्यमन्त्री रोजगार कार्यक्रम ।
४०) थारमारे मिलनडाँडा देखि सोतागार खाली पिपलबोटसम्म सडक स्तरोन्नति १६ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४१) सिस्नेखोला देखि काली रह सम्म, लाटिगार देखि चोरालसम्म गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४२) खाली, मसानघाट गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४३) थाराचौर, दुईखोली देखि मसानघाटसम्म गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४४) पुतलीबास छेवाघर देखि मसानघाटसम्म गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४५) सेताभिर देखि जुगेखोली हुँदै लाटागार पिपलबोटसम्म सडक स्तरोन्नति १६ लाख मुख्यमन्त्री रोजगार कार्यक्रम ।
४६) खाली आरिचौर देखि मसानघाटसम्म गोरेटो बाटो निर्माण १० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४७) सोतागार पिपलबोट देखि वडा नं. २ लस्तम पिपलबोटसम्म सडक स्तरोन्नति ७ लाख । प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४८) ढोरेनी कोलडाँडादेखि हिमालको घरसम्म सडक निर्माण ८ लाख मुख्यमन्त्री रोजगार कार्यक्रम ।
४९) खाली लसुने सिमदेखी भाङ्गाबारीसम्म सडक निर्माण ७ लाख, स्थानीय सरकार ।
५०) सडक लेन्थ वर्कर (९+१० जना) १८ लाख ७६ हजार १ सय ४०, स्थानीय सरकार ।
सडक तथा पुर्वाधार विकास तर्फ कुल जम्मा ५ करोड ५३ लाख २४ हजार ९४०

विद्युत लाइन विस्तार तर्फ :-
१) गारखर्क, भाङ्गाबारी, पुतलीबास, खाली, रातपहरा, फल्टेखोला, थाराचौर सोतागार सम्म विद्युत विस्तार ७६ लाख, स्थानीय सरकार र संघीय सरकार साझेदारी ।

खानेपानी तथा सिचाइ तर्फ :-
१) बोराखाली लिफ्ट खानेपानी २५ लाख, स्थानीय सरकार ।
२) कालीसिम देखि गोगनपानी, नुवागाउँ लिफ्ट खानेपानी ५० लाख, प्रदेश सरकार । (हाल निर्माणको क्रममा रहेको)
३) अमर ज्योति मावि, चौरपानी बजार लिफ्ट खानेपानी ७५ लाख, प्रदेश सरकार । (मोटरमा आएको खराबीको कारण मर्मतको लागि पठाइएकोले हाल बन्द अवस्थामा रहेको)
४) दखाले लिफ्ट खानेपानी ८ लाख ।
५) नयाँ बस्ती खानेपानी निर्माण ८ लाख ।
६) सियापात्ला खानेपानी निर्माण ७ लाख ।
७) खाली, आरिचौर खानेपानी मर्मत तथा टंकी निर्माण ३ लाख ५० हजार ।
८) उपल्ली मुल खानेपानी निर्माण १ लाख ।
९) जुगेखोली सिचाइ योजना निर्माण ४ लाख ।
१०) चेप्टेडाँडा सिचाइ पोखरी निर्माण २ लाख ।
११) किमेरी खोला लाटागार खानेपानी टंकी निर्माण २ लाख ।
१२) लाटागार सिचाइ कुलो निर्माण २ लाख ।
१३) सोतागार खानेपानी टंकी निर्माण १ लाख ।
१४) स्याउखोला सिचाइ योजना ५० हजार ।
१५) सिचाइ पोखरी निर्माण २ लाख ।
१६) जोगिनगारे खानेपानी निर्माण २ लाख ५० हजार ।
१७) जारदुला खानेपानी टंकी निर्माण १ लाख ५० हजार ।
१८) सगेनडाँडा सिचाइ योजना निर्माण २ लाख ।
१८) भाङ्गाबारी खानेपानी निर्माण २ लाख ।
१९) बयालडाँरी खानेपानी ५० हजार ।
२०) जुम्ली ओराल खानेपानी टंकी निर्माण १ लाख ।
२१) खाली पिपलनेटा खानेपानी ५० हजार ।
२२) थाराचौर नाउलाती सिचाइ पोखरी २ लाख ।
२३) थाराचौर काब्रा रुखती सिचाइ पोखरी २ लाख ।
खानेपानी तथा सिचाइ तर्फ कुल जम्मा रकम २ करोड ५ लाख ।

शिक्षा पुर्वाधार विकास तर्फ :-
१) श्री अमर ज्योति मावि चौरपानी
क) ICT ल्याब ६ लाख ५० हजार, संघीय सरकार (सशर्त अनुदान)
ख) पुस्तकालय ६ लाख ५० हजार । (संघीय सरकार)
ग) खेलमैदान निर्माण ५ लाख, स्थानीय सरकार ।
घ) शिक्षण सहयोग अनुदान २३ लाख ५० हजार (क्रमागत) (स्थानीय सरकार)                                                            ङ) शिक्षण सहयोग अनुदान (मावि तह २ वटा कोटा) १२ लाख ९५ हजार ६ सय ४०, (क्रमागत) संघीय सरकार, सशर्त अनुदान ।
२) श्री प्रगति आवि चौखिढुङ्गा
क) तिन कोठे पक्की भवन १६ लाख ।
ख) खेलमैदान, फर्निचर निर्माण २ लाख ५३ हजार ।
ग) हाता घेराबार, प्रवेश द्वार निर्माण तथा फर्निचर खरिद ६ लाख ३८ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी । (कार्यान्वयन हुने क्रममा )
घ) दुई कोठे भवन निर्माण २० लाख ५५ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुने क्रममा )
ङ) खानेपानी व्यवस्थापन ५० हजार । (कार्यान्वयन हुने क्रममा )
च) शिक्षण सहयोग अनुदान २ लाख ७३ हजार ।
छ) प्रावि तहको १ राहत दरबन्दी समेत मिलान गरेर थप गरिएको ।
३) श्री बिजया आवि खाली
क) शौचालय, खेलमैदान ३ लाख ।
ख) कम्प्युटर खरिद १ लाख ५० हजार । (कार्यान्वयन हुने क्रममा )
ग) खेलमैदान निर्माण तथा घेराबार ८ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
४) श्री शान्ति आवि रातपहरा
क) फर्निचर निर्माण १ लाख ।
५) श्री जय शान्ति आवि थाराचौर
क) फर्निचर तथा खेलमैदान निर्माण ३ लाख ५० हजार ।
शिक्षा पुर्वाधार विकास तर्फ कुल जम्मा १ करोड २० लाख ११ हजार ६ सय ४०।

स्वास्थ्य तर्फ :-
१) आधारभूत स्वास्थ्य सेवा केन्द्र चौरपानी खानेपानी, शौचालय, फर्निचर निर्माण ३ लाख ५० हजार ।

कृषि तथा पशुपालन तर्फ :-
१) भैंसीको भकारो सुधार (३० वटा) ३ लाख, स्थानीय सरकार ।
२) सिचाइ पोखरी निर्माण (१५ वटा) ३० लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ।
३) हाते टेक्टर वितरण (११ वटा) थाराचौर, रातपहरा कृषक समूह ४ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ।
४) रातपहरा, थाराचौर बाख्रापालन समुहलाई अनुदान ११ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
५) दारे कृषक समुहलाई अनुदान ७ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
६) पुतलीबास कृषक समुहलाई अनुदान ९ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
७) रातपहरा कृषक समूह घाँस काट्ने मेसिन खरिद अनुदान ७५ हजार, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
८) सोतागार कृषक समुह दाना मेसिन खरिद अनुदान ७० हजार, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
९) सोतागार कृषक समुहलाई बाख्रापालन अनुदान ३ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
१०) थाराचौर कृषक समुहलाई अनुदान १ लाख, स्थानीय सरकार ।
११) रातपहरा, थाराचौर कृषि टनेल निर्माण अनुदान (३० वटा) २ लाख ८० हजार, स्थानीय सरकार ।
१२) बग्गेश्वरी कृषक समूह थाराचौर सिचाइ टंकी निर्माण १ लाख, स्थानीय सरकार ।
१३) रिचार्ज पोखरी निर्माण (६० वटा) १२ लाख । स्थानीय सरकार ।
कृषि तथा पशुपालन तर्फ कुल जम्मा रकम ८५ लाख २५ हजार ।

लक्षित वर्गका लागि सिपमुलक तालिम (सिलाईकटाइ, च्याउखेती, मुढा बनाउने) ६ लाख, स्थानीय सरकार ।

लाटागार खेलमैदान निर्माण १ लाख ५० हजार ।

वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता (४ वटा) ८ लाख, स्थानीय सरकार ।

४ वटा मसानघाटका प्रतिक्षालय निर्माण ८ लाख ।

रातपहरा गाउँका पोखराती सार्वजनिक प्रतिक्षालय निर्माण १ लाख ५० हजार ।
बागचौर नगरपालिकाले १२ वटै वडाका ५ वर्षिय प्रारम्भिक विकास योजनाहरु क्रमागत रुपमा सार्वजनिक गरिरहेको छ भने यश अघि वडा नं.१, ६, र ११ को सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार