फागुन १२, सल्यान –  सल्यानको बागचौर नगरपालिका २ र ८ को शारदा नदिको जंघारमा पक्की पुलको आज शिलान्यास गरिएको छ ।

बिहिवार पुलको शिलान्यास गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जंघारमा पुल बन्ने भए पछि उक्त क्षेत्रका बासीन्दालाई सहज हुने बताएका छन् ।
नगरप्रमुख बुढाथोकीले सल्यान र रोल्पा जोडने उक्त पुलको महत्व धेरै रहेको र पुल बनेपछि उक्त समस्याको समधान हुने बताएका छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने रुटमा पुल बन्ने भएपछि स्थानीय जनताको जिवनस्तरमा निकै ठुलो लाभ मिल्नुका साथै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने काम गर्ने नेकपा मााओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले बताएका छन ।
३ करोड ६२ लाख लागतमा २५ मिटर लम्वाई र ११ मिटरको पक्की पुल बन्न लागेको निर्माण कम्पनिका प्राकृतिक निशान जेभिका प्रतिनिधि विजय विकले बताए ।

पुलको निर्माणकार्य यही आर्थिक मसान्त भित्र सक्ने गरि काम थालिएको निर्माण कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार