फागुन ११ बर्दिया – बिहानै पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

उनकाे घर बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको र बिहानै बंगुरलाई चारो दिन गएकि लिलि माथि बाघले आक्रमण गर्दा चिच्याए पछि स्थानीयले बाघलाई लखेटेर लिलिलाई छुट्याएका थिए।

बाघले आक्रमणबाट गम्भीर घाइते भएकि लिलिलाई उपचारका लागि अस्पताल लैजाँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार