फागुन ९ प्युठान – नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्यूठान जिल्ला कमिटीले गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेकाे छ।
साेमबार मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राणा र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई कालोमोसो दलेर जनकारबाही गरेकाे नेकपा प्युठानले जनाएको छ।
स्थानीयहरुकाे जनगुनासाे र श्रमिक समुदाय माेर्चा प्युठान समितिले उक्त गाउँपालिका भित्र भएका अनियमितता भएको भन्दै लिखित निवेदन नेकपा प्युठानलाई बुझाए पछि आफुहरु जनकारबाही गर्न बाध्य भएको जिल्ला सेक्रेटरी `अजय´ले बताए।
जनकारबाही किन ?
१) मल्लरानी ५ सरङकोट स्थित भुमी विकास आधारभुत विद्यालय कक्षा ६ मा अध्यनरत बिद्यार्थी सुस्मिता मल्ल रहस्यमय मृत अवस्थामा भेटिएकाले हत्यामा संलग्न रहेकालाई संरक्षण गरेकाे र सोही विद्यालयको शिक्षक शिक्षिकालाइ सामाजिक बहिस्कार गरेको अवस्थामा संरक्षण गरेको।
३) मल्लरानी ५ सरङकोटको विद्यालयलाई प्रदेशबाट गत वर्ष ३६ लाख बजेट परेकोमा कार्यालय प्रमुखले योजनाबद्ध फ्रीज बनाइ अहिले गाउपालिकाद्वारा ३० लाख बजेट विनियोजन गरि स्टमेट अनुसार काम नगरेको।
४) सरकारले छुट्याएको योजना व्यक्तीको नाममा तमसुक बनाएर मात्र विनियोजन गरेको,तमसुक नगरेमा फ्रीज बनाउने धम्की दिएको।
५) झाक्रीस्थान पर्यटकीय स्थलमा जाने बाटो र वडा नं. ५ मा जाने बाटो धेरै पटक जनताले गुनासो गर्दापनी मर्मत नगर्दा यातायात अवरुद्ध भएकाले।
६) विपन्न जनतालाइ बाड्ने नाममा सोलार किनेर बिजुली जडान भएका घरहरुलाइ वितरण गरेको।
७) कोभिड १९ को खर्च सार्वजनिक नगरी जनताले खर्छ बिबरण माग्दा समेत नदिएको।
८) झाक्रीस्थान खोलामा हाल्ने भनी २/२ पटक लिएको होम पाइप अन्यत्र लागि प्रयोग गरेकाले वर्सातको समयमा बाटो अवरुद्ध हुने समस्या भएकाले।
९) गत वर्ष घरको छाना मुक्त भनेर लिएको जस्तापाता कमिसनको खेलमा पक्की घर तथा नया घर बनाउन दिएको।
१०) कुनैपनी जनताले गरेको फोन नउठाउने, जनतासंग जे मुखमा आउँछ त्यही बोल्ने व्यापक जनगुनासो आइरहेकाले।
श्रमिक समुदाय समितले पेस गरेकाे निवेदन