फागुन ७, बाँके – बाँकेमा घास-दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका-६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो । चलाउने सोही वडाको राप्ती सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका बेला बिहान ८ बजेतिर बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
चलाउनेलाई बाघले आक्रमण गरेकाे खबर पाए लगत्तै प्रहरी चौकी फत्तेपुर `ख´बाट प्रहरी नायव निरीक्षक यज्ञ खत्रीकाे कमान्डमा खटिएको प्रहरी र स्थानीयले १० बजेतिर शव भेटाएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। असोज यता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।