फागुन ५ काठमाडौ – स्थानीय तह निर्वाचन २०७४ मा एमालेबाट निर्वाचित वडा अध्यक्षले एमाले परित्याग गरेका छन।

सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका अध्यक्ष केदार खत्री क्षेत्रीले पत्रकार सम्मेलन गरि बुधबार एमाले परित्याग गरेकाे घाेषणा गरेका हुन। अध्यक्ष खत्री एमाले बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य समेत हुन। एमाले यसअघि सम्पन्न जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका थिए।

पछिल्लो समय एमालेमा सामन्तवादी  सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी परित्याग गरेकाे बताउदै अब नयाँ राजनिती यात्रा भने अहिले नै निर्णय नलिएकाे बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार