फागुन ५ काठमाडौ – लुम्बिनी प्रदेश अन्तर्गत राेल्पा जिल्लामा मात्रै ८० वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत १३ करोड ६१ लाख ६४ हजार बजेट विनियोजन भएको छ।

जिल्लाका दश वटा स्थानीय तहहरुका विभिन्न विद्यालयहरु मध्ये २० वटा विद्यालयमा ३६ लाखका दरले ४ कोठे भवन, १८ वटा बिद्यालयमा १८ लाखका दरले २ कोठे भवन, ३९ वटा बिद्यालयमा ६ लाख ५० हजारका दरले ICT र १ विद्यालयमा १० लाखको ल्याब, १ विद्यालयमा TEVT छुट २६ लाख र १ विद्यालयमा २८ लाख ४ हजारको बाली विज्ञानकाे लागि उक्त बजेट विनियोजन भएको छ।

कुन स्थानीय तहमा कति ?

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार