फागुन ४ काठमाडौ – बलात्कार आराेप लागेका मुगुबाट पिछडिएको क्षेत्रबाट एमाले समानुपातिक सांसद मोहन बानियाँलाई पक्राउ गर्न जिल्ला अदालत बाँकेले प्रहरीलाई पक्राउ पुर्जी जारी गर्न अनुमति दिएकाे छ।

अदालतकाे अनुमति पाएसंगै प्रहरीले जबरजस्ती करणी अभियोगमा सांसद बानियाँ विरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

गत माघ २७ गते नेपालगन्ज स्थित अप्सरा होटलमा सांसद बानियाँ विरुद्ध जुम्लाकि ४० वर्षीया शिक्षिकाले आफुमाथि जबरजस्ती कन्डम प्रयाेग गरेर दुईपटक बलात्कार गरेकाे समेत उल्लेख गरि लिखित रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेमा सांसद बानियाँ विरुद्ध किटानी जाहेरी दिएकि थिइन। सांसद बानियाँ विरुद्ध पक्राउ पुर्जी अनुमति पाइसकेपछि प्रहरीले पक्राउ प्रक्रिया सुरु गरि सांसद सचिवालय र सभामुखलाई समेत प्रहरी प्रधान कार्यालय मार्फत जानकारी गराइएकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।

उजुरी परे लगत्तै सांसद बानियाँ सांसद बैठक भएकाे भन्दै नेपालगन्जबाट काठमाडौ उडेका थिए। उक्त शिक्षिका महिला र सांसद बानियाँकाे सम्बन्ध लामाे समय देखि रहेकाे र त्याे दिन केही आर्थिक विषयमा वादविवाद भएपछि ती महिलाले बानियाँ विरुद्ध उजुरी नै दिन पुगेकाे उनी दुवै जनालाई नजिक बाट चिन्नेहरु बताउँछन। र आर्थिक विषयमा विवाद भएको कुरा सांसद बानियाँले पनि स्विकार गरेका छन।

के भन्छन् सांसद बानियाँ ?

सामाजिक संजाल फेसबुकमा लेखेका छन्; मेरो मान मर्दन माथी गम्भीर चोट पुगेको छ म सङ जोडियको शिक्षिका सङ चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो आबश्यक पर्दा धेरै प्रमाण हरु हामी सङ सुरक्षित छन यो बेज्यतिको ढोका नखोलौ भनेर चुप बसेको हो यो त घोका र बैमानी को ठुलो प्राकाष्ठा हो तेसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार