भाद्र २८ काठमाडौ – नेपाली सेनाले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गर्ने भीभीआईपी सैनिक विमान विमानस्थलबाट गुडाएर नारायणहिटी दरबार संग्रहालय लगेको छ ।

संग्रहालयमा राख्नका लागि एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो विमान (जहाज) शनिबार राति गुडाउँदै सैनिक र प्रहरीको सुरक्षाबीच लगिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएस्पी भीम ढकालका अनुसार लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरेकाे विमानलाई विमानस्थलबाट तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली हुँदै नारायणहिटी दरबार संग्रहालयमा लियकाे बताएका छन ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार