फागुन ४ काठमाडौं – पहिले मुल्य बढाएको लगभग दुई सातामै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार निगमले विज्ञप्ति सार्वजनिक गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मुल्य अनुसार प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले कायम गरिएको निगमले जनाएको छ।
कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसेकाले ईण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य पठाए अनुसार नेपालमा पनि साेहि अनुसार काराेबार गर्न लागेकाे र नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएकाे छ।
चालू आर्थिक वर्षको माघ मसान्त सम्ममा आयल निगमले करीब २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले जनाएको छ । प्रति महिना निगमले ४ अर्ब भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमले जनाएको छ।