भाद्र २६ दाङ –  एकजना गाडी धनीले दाङमा आफ्नै बस भित्र विष सेवन गरी आत्महत्या गरेकाेे पुष्टि भयकाे छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार  पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरि आत्महत्या गरेकाे बताएका छन ।

आत्महत्या गर्नेमा  सल्यान शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेत रहेका छन । दाङ जिल्लाको तुलसीपुर स्थित बसपार्कमा पार्किङ गरेर राखेको आफ्नो बस भित्र शुक्रबार विष सेवन गरि आत्महत्या गरेका थिय । बस्नेत आफै चालक रहेकाे पनि बताइएको छ । बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेको डिएसपी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार