फागुन ३, सल्यान – देशभरका खानेपानी उपभोक्ता संस्थाहरुको नगर बिकासकोषको ३४ औं बार्षिकोत्सव कार्यक्रम हिजो अर्थात् फागुन २ गते काठमाडौंमा सम्पन्न भएको छ ।

देश भरका खानेपानी उपभोक्ता संस्थाहरु मध्यबाट बिगत ई सं २०१० पछाडिका दोस्रो, तेस्रो साना शहरी खानेपानी आयोजनाहरु जसले खानेपानी जस्तो महत्वपुर्ण र बिकराल अवस्थालाई खलंगा शितलपाटिमा सहज आपुर्ती लगाएत सहि ब्यवस्थान गरे बापत खलंगा शितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशभरिमै उत्कृष्ट घोषणा भएको हो ।
नगर बिकास कोषले काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि सहरी बिकास मन्त्री माननीय राम कुमारी झाक्रीबाट उक्त संस्थाका अध्यक्ष केशव बहादुर बुढाथोकीले “कदर पत्र” ग्रहण गरेका हुन भने सो कार्यक्रममा संस्थाका उपाध्यक्ष मौसम दाश श्रेष्ठ, सचिव सुधन श्रेष्ठ समेतको उपस्थिती रहेको थियो ।
संस्थाले गरेको कामको उचित मुल्यांकन गरि यस संस्थालाई पुरस्कृत गर्ने नगर बिकास कोष, मुल्यांकन समिती, आयोजक परिवार लगायत माननीय मन्त्रीप्रती सिङ्गो उपभोक्ता,तथा सरोकारवालाहरु सबैलाई खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्तको तर्फबाट आभार तथा कृतज्ञता व्यक्त गर्दै यो टिमबाट उपभोक्ताले अझै गरेको आशा एवम् अपेक्षा अनुसार नै सहज तरिकाले काम गर्ने सम्पन्न गर्नतिर कटिबद्ध भएर लाग्ने संस्थाका उपाध्यक्ष मौसम दाश श्रेष्ठले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार