फागुन २, सल्यान – नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौर नगर समितिको प्रथम नगर सम्मेलन उद्घाटन सत्र बागचौरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय सचिव एवम् प्रदेश ईन्चार्ज शेर ब. खड्काले यो संगठन अलि भिन्नै परिस्थितिमा स्थापना भएको भन्दै यसको मुलधार नभुल्न सबैलाई आग्रह गरेका छन । प्राय: कर्मचारी संगठन सरुवा र बढुवामा लागि मात्रै विस्तार हुने गरेकोले आफ्नो संगठन त्यसको लागि स्थापना नभई आम कर्मचारीहरुको लक्ष्य, विचारमा रहि कर्मचारी माथि हुने सबै समस्या हटाउन र त्यसको विरुद्ध आवज उठाउन स्थापना भएको बताए । उनले भने पार्टीको आस्था राख्नेहरुका लागि बनेको संगठनमा भएकोले विपक्षीहरुले कर्मचारीलाई माओवादी भन्दै हिडेको पनि पाईन्छ, हो हामी अरु भन्दा भिन्न छौ, भिन्न गर्छौ त्यसैले यसलाई दुख नमानी गर्व मान्नु पर्ने बताएका छन ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समिति संयोजक कृति ब. पुनले आफुहरु सत्तामा रहे पनि नरहे पनि आफ्नो पार्टी निकट कर्मचारीहरुको संगठनमा आवद्व सबै कर्मचारीहरुले समाजवादी कार्यक्रम लागू गर्ने दिसातिर लाग्नमा मुख्य भुमिका खेल्नु पर्ने बताएका छन । अब कर्मचारीले नै क्रान्तिकारी विचारबाट नीति र विधानलाई बुझेर कार्यान्वयन गर्नु पर्नेबेला आएको बताए । पुनले यो प्रथम ऐतिहासिक सम्मेलन प्रत्येक पालिका एवम् जिल्लासम्म पनि उदाहरणीय सम्मेलन बनोस भनी शुभकामना समेत दिएका छन ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वलीले कर्मचारी, कर्मचारीबिच हुने विभेदलाई अन्त्य गर्न यो संगठन र आफ्नो पार्टी लागिपर्नु पर्ने बताए । उनले समाजको सबै तहबाट अगुवा भनेको कर्मचारी नै भएकाले विचारका ढंगले संगठनात्मक तरिकाले माओवादीले जनयुद्धबाट प्राप्त गरेको मुख्य उपलब्धिहरुको रक्षासँगै खुलेर वकालत गर्नु पर्ने बताएका छन ।

त्यस्तै नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य रत्न ब. वलीले बागचौरमा हुन लागेको नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम नगर सम्मेलनबाट नयाँ नीति तथा कार्यक्रम पास एव सक्षम नेतृत्व चयनका लागि शुभकामना दिएका छन । उनले कर्मचारीहरुको पेशागत हकहितको संरक्षण र उनिहरुले आफ्नो दायित्व पूरा गर्नको लागि यो संगठन बन्ने बताए । सेवा वृद्धि विकासका लागि पेशागत अधिकारको लडाइँसँगै आफ्नो दायित्व र कर्तव्य नभुल्न र जनताहरुको सेवा प्रदायिक निकायमा कर्मचारीहरु नै हुने भएकाले त्यस क्षेत्रबाट सेवा प्रवाह नयाँ तरिकाले दिन उक्त संगठनमा आवद्व सबै कर्मचारीहरुलाई आग्रह समेत गरेका छन गरेका छन ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले कर्मचारीले आफ्नो हक हितका निम्ति बोल्न, आवज उठाउन र कसैको दासमा बस्न गाह्रो भएको भए खुला दिल बनाएर संगठनमा आवद्व हुन आग्रह गरेका छन । उनले नेतृत्व निति हो त्यसैले नेतृत्वमा सक्षम, सबल नेतृत्व चयनका लागि शुभकामना समेत व्यक्त गरेका छन । बुढाथोकीले आज देखि बागचौरमा पनि नेकपा माओवादी निकट कर्मचारीहरुको संगठन विस्तार गर्न लागेकोमा गर्व गर्दै संगठनमा बस्ने, अधिकार पनि खोज्ने र सँगसँगै कर्मचारीहरुले आफ्नो कर्तव्य र दायित्व भुल्नु नपर्ने पनि बताएका छन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा, जिल्ला समन्वय उप-प्रमुख हरि प्रकाश बुढाथोकी, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुन, नेकपा माओवादी केन्द्र बागचौर नगर अध्यक्ष शोभाराम भण्डारी,अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य टेक ब. डि.सी., नेपाल बुद्धिजीवी संगठन केन्द्रीय सदस्य डा.पुर्ण भण्डारी लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौर नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन सत्रमा बागचौर नगरपालिकामा निर्माण भैरहेको भ्युटावर अंकित टिर्सटको लन्च समेत गरिएको छ ।

शिवरथ स्वास्थ्य चौकी प्रमुख टेक ब. रावतको स्वागत मन्तव्यबाट  सुरु भएको कार्यक्रममा अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौर तदर्थ समिति संयोजक हेमन्त बस्नेत रहेका थिए भने कार्यक्रमको सहजीकरण केशव चन्दले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार