माघ २८ काठमाडौ – श्रम, राेजगार तथा सामाजिक मन्त्रालयले वैदेशिक राेजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरि बसेकालाई छनाेटकाे आधारमा राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने भएको छ।
उक्त सम्मानकाे लागि विदेशमा कम्तीमा एक वर्ष काम गरि फर्किएर स्वदेशमा पनि उद्यम गरेर कम्तीमा एक वर्ष पूरा भएका उद्यमीकाे सम्मान र कदरकाे लागि राेजगारीलाई पाेत्साहन गर्ने उदेश्यले सम्मान गर्न लागेकाे मन्त्रालयले जनाएको छ।
सम्मानकाे लागि मन्त्रालयले निर्धारण गरेकाे कार्यविधि अनुसार सम्बन्धित व्यक्तिले विदेशमा काम गरि फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि (संशोधन समेत) २०७६ काे अनुसुची २ अनुसार गत १९ गतेबाट आगामी फागुन १० गते सम्म मन्त्रालयमा दर्ता गर्न अनुरोध गरेको छ।
यसअघि दर्ता गरेका तर छनाेटमा नपरेका उद्यमीहरुले पनि पुन:दर्ता गराउन सक्ने मन्त्रालयले जनाएको छ।