माघ २८ राेल्पा – खानेपानी मर्मत गर्दा लाखौं बजेट खर्च भएर पनि पानी धारा सम्म नआए पछि बजेटकाे अनियमितता भएको भन्दै उपभोक्ताले स्थानीय सरकारकाे आलोचना गर्न थालेपछि गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले उपभोक्ता इमानदार भएर निर्णयकाे पालन गर्नु भन्दै पछि हटेकाका छन।

उक्त गाउँपालिका वडा नं. २ र ३ काे माथिल्लो भुभागमा रहेकाे ताम्राखोला-लिसारुख-नाउली-घोरनेटी-बडामेला-रमाइँ खानेपानी आयोजना मर्मत गर्नुपर्ने ठाउँमा थप तहसनहस बनाएको भन्दै पछिल्लो समय साेहि खानेपानीका उपभोक्ताले गुनासाे गर्न थालेका छन।

आर्थिक वर्ष २०७६/०७७ को लुम्बिनी प्रदेश सरकारले पठाएको बजेट सिलिङमा नयाँ योजना निर्माण उल्लेख गरेकाेमा यता गाउँपालिका मार्फत गाउँसभा वा कार्यपालिकाको निर्णय बिना योजना संशोधन नगरेरै खानेपानी मर्मतका लागि ५० लाख रकम विनियोजित गरिएको थियो। उपभोक्ता समितिका अध्यक्ष धन बहादुर डाँगीले उक्त योजनाबाट ८ लाख ५० हजार ५ सय ४६ घाटा भएकाे हिसाब देखाउदै आएका छन। कुल लागत ५४ लाख २ हजार ५ सय ४६ भएकोमा भुक्तानी भने ४५ लाख ६० हजार मात्रै भएपछि घाटा बेहोर्नु परेकाे अध्यक्ष डाँगी बताउँछन्।

खानेपानी मर्मतको नाममा गाउँपालिका अध्यक्ष खत्रीले उपभोक्ता सबै संग छलफल नगरी आफू निकटकाहरु राखेर उपभोक्ता समिति गठन गरि अनियमितता गरेको उपभोक्ताहरुले नै आराेप लगाउदै आएका छन।

उक्त खानेपानी आयाेजना मर्मतको विषय संगै पालिका भएका अनियमितता समाचार मिडियामा आएपछि त्यहाँका उपभोक्ताले झन व्यापक रुपमा स्थानीय सरकारकाे आलोचना गरेपछि उक्त समाचार प्रति ध्यानाकर्षण भएको भन्दै गाउँपालिकाले फेेसबुक मार्फत यहि खानेपानी आयाेजनाकाे स्पष्टीकरण दिदै उपभोक्ताका समस्या जिउकातिउ राखेर पछि हटन खाेजेकाे हाे।

अध्यक्ष खत्रीको ठाडो आदेशमा गाउँ–टोलमा सल्लाह नगरेर उपभोक्ताको अधिकार खोसेर शक्ति केन्द्रीत समिति चुनिदा अनियमितता भएको र खानेपानी मर्मतमा व्यवस्थित काम हुन नसकेको स्थानीय प्रकाश डाँगी बताउँछन्।

उक्त खानेपानी बारे स्थानीयहरुले पटकपटक स्थानीय सरकारलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेपछि खानेपानीकाे प्रशासन गुहार्ना तयार रहेका स्थानीयलाई अध्यक्ष खत्रीले २०७७ चैत २० गते नाउलीमा बहुपक्षीय बैठक बोलाएर छलफल गरेपनि समस्या समाधानको पहल र निर्णय अहिलेसम्म कागजमै सिमित छ।

गाउँपालिकाले गत चैतमा योजनाको अवलोकन गर्दा जथाभावी रूपमा उपभोक्ताले पाइप काटेको, इन्टेकभन्दा माथिबाट व्यक्तिगत पाइप राख्दा स्रोत कम भएर धारामा पानी नखसेको भन्दै इन्टेकमाथिका पाइपहरू हटाउनु पर्ने र पुराना पाइपहरु सबै एकत्रित गर्नुपर्ने रिपोर्ट तयार गरेकाे थियाे। तर त्यसको समाधानको लागि बैठक र त्यहि ठाउँका सार्वजनिक कार्यक्रमहरुमा अध्यक्ष खत्रीले पटकपटक आश्वासन मात्रै बाडेकाे गुनासो स्थानीयकाे छ।

बनेका धाराहरुकाे पनि रुप फेरिन थाल्याे

धारा बने संगै पानी छिट्टै आउने आशामा रहेका स्थानीयहरु अहिले ती सुख्खा धारा पनि पानी नआउदै भत्किन्छन कि भन्ने निरासामा छन।

कतिपय धाराहरुकाे निर्माण नै अधुरै छाेडिएकाे छ भने पुर्णरुपमा निर्माण भएका धाराहरु पनि छाेटाे समयमै छेदबिच्छेदकाे अवस्थामा पुगेपछि निर्माण सामाग्रीहरु सिमेन्ट, बालुवा, गिट्टी गुणस्तरहिन प्रयाेग गरिएकाे प्रमाण अहिले ती धाराहरुले देखाईरहेका छन। बनेका धारामा टुटि तथा जाेइन्ट बाेल्डहरु पनि फिड गरिएको छैन।

गाउँपालिका के भन्छ ?

बिहिबार फेसबुक मार्फत विज्ञप्ति सार्वजनिक गर्दै भनिएको छ;ताम्राखोला लिसा रुख बडामेला घोर्नेटी,नाउली खानेपानी मर्मत योजनामा आ.व २०६६/०७७ मा लुम्बिनी प्रदेशको ५० लाख बजेट रहेकोमा उपभोक्ता समिति मार्फत काम सम्पन्न भएको र गाउपालिकाको प्राबिधिक मुल्यांकन अनुसार पाइप,सिमेन्ट खरिद ,धारा निर्माण , श्रमदानको आधारमा उपभोक्ता समितिले भुक्तानी लिएको थियो । उक्त योजनाको बारेमा मिति २०७७ चैत्र महिनामा केही उपभोक्ता र सामाजिक संजाल प्रयोग कर्ताहरुले खानेपानी व्यबस्थित नभएको गुनासो आए पछि गंगादेव गाउपालिका रोल्पाले उक्त खानेपानी योजनाको समस्या समाधानको लागि मिति २०७७ चैत्र २० जिनाबाङको नाउलीमा बहुपक्षीय सरोकारवालाहरुको बैठक बोलाइ प्रत्येक्ष मुहान देखि योजना सन्चालन भएको ट्याङ,धाराको अबलोकन समेत गरेको थियो । उक्त योजनाको अबलोकन गर्दा जथाभावी रूपमा पाइप काटेको ,इन्टेक भन्दा माथीबाट व्यक्तिगत पाइप जोडेर पानी लिएको कारण पानी श्रोत कम भै योजनाको मुख्य लाइन सन्चालन भएको थिएन अवलोकन प्रतिनिधिहरुको सुझाव अनुसार व्यक्तिगत पाएप हटाइ सबैले मुख्य लाइनबाट सन्तुलित रूपमा पानीको आपूर्ति गर्ने सर्वपक्षीय सम्झौता भएको थियो । उक्त योजनामा जनताको गुनासो आए पछि गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले सरकार प्रमुख एउटा अभिभावक रूपमा समस्या समाधानको लागि पहल गर्नु भएको थियो । तेहाका केही उपभोक्ताले लुकेर पाएप काटने, व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्तिका कारण इप्रका घर्तिगाउमा मुद्दा दिए पछि छलफल समझदारी गर्ने निर्णय पटक पटक भएको छ । यो खानेपानी समस्या समाधान गर्न सम्बन्धित उपभोक्ताहरु इमानदार भएर निर्णय कार्यान्वयनको लागि हार्दिक अपिल गर्दछौ ।

गाउँपालिकाकाे विज्ञप्ति विवादमा

गाउँपालिकाले हरेक विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत पालिकाकाे आधिकारिक लेटरप्याड र अध्यक्षकाे हस्ताक्षर बिना राखेकाे भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताले प्रश्न उठाएका छन।

सामान्य सुचनाहरु सामाजिक सञ्जाल मार्फत यतिकै सार्वजनिक गर्नु स्वाभाविक भएपनि कुनै पनि निकायले आफ्नो तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दा आधिकारिक लेटरप्याड र प्रमुख वा प्रतिनिधिकाे हस्ताक्षर अनिवार्य नै राख्नुपर्छ। गंगादेव गाउँपालिकाले भने लगभग सबैजसो विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत नै आधिकारिक हाे वा हाेइन भन्ने दुविधा हुनेगरि सार्वजनिक गर्दै आएकाे छ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार