माघ २८ दाङ – तुलसीपुर उपमहानगरपालिका-५ `ङ´ लाईनमा रहेको इरम फुटवेयर गोदाममा आगलागी हुदा ५ जनाको ज्यान जानेगरि भएकाे घटना प्रति उद्योग वाणिज्य संघ तुलसीपुरले शाेक व्यक्त गरेको छ।

शुक्रबार आकस्मिक बसेकाे संघकाे बैठकले आगलागीबाट व्यवसायी परिवारकाे मृत्युकाे शाेकमा आज एक दिनका लागि तुलसीपुर बजार बन्द गर्ने निर्णय गर्दै शाेक विज्ञप्ति सार्वजनिक गरेकाे हाे। उक्त आगलागीमा परि ज्यान गुमाउनेका परिवारलाई राहत व्यवस्थाकाे लागि एकद्वार प्रणाली मार्फत नेपाल सरकार, तुलसीपुर उपमहानगरपालिका लगाएत सबै सराेकार वालामा विज्ञप्ति मार्फत अनुरोध समेत गरिएको छ।

जनसहारा अनलाइन संग कुरा गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसी भन्छन: “तुलसीपुर क्षेत्रमै यस्ता कहालीलाग्दा तिनवटा घटना भईसके जाे हाम्रो आँखा अगाडि झलझली झन, एउटा पीडा सेलाउन नपाउदै अर्को पीडा खेपिरहेकाे छ तुलसीपुरले।” यस्ता घटनाबाट भौतिक, आर्थिक र मानवीय ठुलाे मात्रामा क्षति भइसकेको अवस्थामा यस्ता घटनाहरु न्युनिकरण गर्न स्थानीय तह र विपत व्यवस्थापन समिति संग समन्वय गरेर आवश्यक स्राेत साधनहरु पर्व तयारी र जनचेतनामुलक गतिविधिकाे लागि संघले सबै संग पहल गर्ने महासचिव केसीले बताए।

संघकाे तर्फबाट पिडितलाई क्षतिपूर्ति राहतको लागि संघकाे नीति अनुसार क्षतिकाे विवरण हेरेर उपलब्ध गराउने र सम्बन्धित निकाय संग क्षतिपूर्तिकाे लागि आवश्यक पहल गरिदिने समेत महासचिव केसीले बताए।

विद्युत सर्ट भई मिटर बक्स पटकिएर गएराति करिब २ बजे देखि सुरु भएको आगाे बिहान ७ बजेपछि नियन्त्रणमा आएकाे थियाे। आगलागीमा परि बालबालिका सहित ५ जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा साेहि घरमा भाडामा बस्दै आएका अन्दाजी १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अली रहेकाे र शवहरुकाे पोष्टमार्टम राप्ती प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार