माघ २८ दाङ – तुलसीपुर उपमहानगरपालिका-५ `ङ´ लाईनमा रहेको चप्पल गोदाममा गएराति २ बजेतिर आगलागी हुदा मृत्यु भएका ५ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा साेहि घरमा भाडामा बस्दै आएका अन्दाजी १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अली रहेकाे र शवहरुकाे पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

आगाे नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले झन्डै ५ घण्टा पछि आगाे नियन्त्रण लिइएका थिए। विद्युत सर्ट भई मिटर बक्स पटकिएर आगलागी भएकाे प्रहरीको प्रारम्भिक अनुमान गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

त्यसैगरी उक्त आगलागीबाट व्यवसायी परिवारकाे मृत्युकाे शाेकमा तुलसीपुर उद्योग वाणिज्य संघले आज एकदिन बन्द गर्ने निर्णय गरेको महासचिब बिनिल केसीले बताए।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार