माघ २७ काठमाडौँ – नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले नै विभिन्न सामाजिक कामबाट समेत प्रख्यात भएका पाइलट विजय लामाको राजीनामा माग गरेका छन।

क्याबिन क्रुलाई खटनपटन गराउने अपरेसन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक समेत रहेका क्याप्टेन लामाकाे क्याबिन क्रू(परिचारिका र परिचारक)ले संयुक्तरुपमा राजिनामा माग्दै नेपाल वायुसेवा क्याबिन क्रु सङ्घकाे माघ २३ गतेकाे निर्णय अनुसार बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापनपत्र बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न समेत माग गरेका छन।

‘लामाको काम गर्ने शैली विधिसंगत नभएको तथा नियम पालना नगरी आफूखुसी निर्णयहरू गर्दा विमान परिचारिका र परिचारकको मनोबलमा असर परेको उनीहरूको भनाई छ । उनीहरूले निगम व्यवस्थापनलाई श्रम ऐन विपरीत लामो समयदेखि करारमा राखिएकाले नियमित रोजगारीमा नियुक्ति दिलाउन, हालको कायम अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन, उडान भत्ता समयानुकूल समायोजन गर्न, क्याबिन क्रु डिभिजन प्रमुखमा महिला कर्मचारीलाई राख्नुपर्ने लगायत माग सहित ज्ञापनपत्र बुझाएका छन।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार