माघ २५ सल्यान – बसमा छुटेकाे नगद रकम र सुन गाडी चालकले भेटाएपछि सम्बन्धित व्यक्तिलाई बुझाएका छन।
त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्राली को रा१ख १६१३ नम्बरकाे बसमा थारमारे बाट दाङकाे लागि सवार बागचौर नगरपालिका वडा न १ कि चन्द्रकला बस्नेतले नगद र सुन गरि चार लाख बराबरको सामान बसमै भुलेपछि बस चालक चक्र ओलीले भेटाएर प्रा.लिको कार्यालयलाई बुझाएका थिए ।
उक्त सामान कार्यालयमा पाए लगत्तै प्रा.लिकाे दाङ सल्यान रुकुम बुकिङ काउन्टरमा कार्यरत कर्मचारी ज्ञानु हमाल र सरद शर्माले बस्नेतलाई सम्पर्क गरि नगद र सुन बुझाएका हुन। गाडीमा सवार यात्रुहरुकाे छुटेको सामान सम्बन्धित गाडी वालाले भेटाए सम्म अथवा जानकारी पाएसम्म सम्बन्धित व्यक्तिलाई बुझाउने कर्तव्य संगै मानवताकाे इमानदारीता नभुल्न समेत उक्त प्रा.लिका दाङ सल्यान रुकुम बुकिङ काउन्ट इन्चार्ज हमालले बताए।