माघ २५ काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पुर्व अध्यक्ष समेत रहेका कमल थापाले राप्रपा परित्याग गरेकाे घाेषणा गरेका छन् ।

मंगलबार हेटौडामा पत्रकार सम्मेलन गरि पार्टी परित्यागकाे विज्ञप्ति सहित अब आफू नयाँ दल खाेल्नकाे गृहकार्य गरिरहेकाे बताएका छन।

पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति सदैव आभारी रहने थापाले बताएका छन् । राप्रपामा कसैसँग पनि वैरभाव नरहेको भन्दै उनले सबैको भलो होस् भन्ने कामनासमेत गरेका छन् ।

विज्ञप्ति

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार