माघ २४ दाङ – लागु औषद चरेससहित दुईजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम(पूर्व)को भुमे गाउँपालिका ९ चुनवाङ घर भई हाल घोराही उपमहानगरपालिका -१४ नयाँ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामी र साेहि ठाउँ घर भई हाल घोराही उपमहानगरपालिका -१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कामीको कोठामा लुकाईछिपाई चरेस राखेकाे भन्ने विशेष सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले आइतबार राति करिब साढे ११ बजे उनकाे काेठा खानतलासी गर्दा प्लास्टिकमा बेरेर टेप लगाई सिल गरिएकन १६ वटा प्याकेटमा ७ किलो ७ सय ७९ ग्राम चरेस फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए।
कामीलाई पहिला पक्राउ गरि साेधपुछ गर्दा फाेन मार्फत अनुसन्धान गर्दा पुन पनि त्यहि चरेस काराेबारमा संलग्न रहेकाे देखिएपछि पुनलाई पनि पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।