माघ २४ बाँके – भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–३ की ६५ वर्षीय महिलाको आइतबार राति १० बजेतिर संक्रमणबाट मृत्यु भएको डिसीएमसी बाँकेका फोकल पर्सन तेज वलीले बताए।

संक्रमित मृतक महिलामा शनिबार परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे र साेहि दिन भेरी अस्पतालमा भर्ना भएकि थिइन। बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय ४१ जनाको निधन भएको छ भने बाँकेका मात्रै ३ सय ४९ जना र बाहिरी जिल्लाका ४४३ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भइसकेको फाेकल पर्सन वलीले बताए।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार