माघ २३ दाङ – अपहरणमा परेको नाटक गरी अनावश्यक अफवाह फैलाउने सल्यानका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका वडा नं. ४ का ४० वर्षीय नवीन भनिने खिमबहादुर वली रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शनिबार राति करिब १० बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ मा रहेकाे एकान्त होटेलमा खाना खाएपछि आफुलाई ४ जना व्यक्तिहरुले अपहरण गरी जंगलमा लगेका छन भनेर ९८६०२५४६०७ नम्बर बाट फोनमा तुलसीपुर ८ दुधेना ठेगाना र टेकबहादुर विक नाम बताउने एक जनाले ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई ओली अपहरणमा परेकाे खबर गर्दै अपहरणमा परेका भनिएका ओलीकाे नम्बर समेत प्रहरीलाई उनै विकले दिएकाे र त्यसपछि खाेजिकार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

त्यसपछि जिल्ला प्रहरी कार्यालयले दाङ भित्रका सबै प्रहरी युनिटबाट खाेजिकार्य तिव्र रुपमा सुरु गर्याे। “तुलसीपुरका सिसी क्यामेरा चेग गर्दै करिब ४०/५० जना प्रहरी खटिएका थियौँ र प्रहरीलाई प्राप्त भएकाे ओलीकाे नम्बरमा प्रहरी निरन्तर सम्पर्कमै थियाे साेहि अनुसार उनलाई बाटाेमा एक्लै हिडिरहेकै बेला भेटाएउन सफल भयौँ” प्रहरी उपरीक्षक काफ्लेले भने।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले खाेजि गर्दै जाँदा आइतबार बिहान करिब ४ बजेतिर तुलसीपुर वडा न.३ दमारगाँउबाट वलीलाई नियनत्रणमा लिएकाे हाे। उनलाई नियन्त्रणमा लिएपछि प्रहरीले स्वास्थ्य परीक्षण गर्दा उनले मदिरा सेवन गरेकाे समेत पाइएको छ। ओली सल्यान कालिमाटीमा एक मन्दिरकाे कर्मचारी रहेकाे आफू मन्दिरकै रसिद बनाउने कामकाे लागि दाङ झरेकाे बताएका छन भने आफुले मदिरा सेवन गरेपछि कसलाई के भने थाहा नपाएको बयान प्रहरीलाई दिएका छन। अहिले उनी माथि थप अनुसन्धान भईरहेकाे प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार