माघ २३ दाङ – विभिन्न घरायसी हातहतियार देखाएर स्थानियलाई त्रसित पार्ने ७ जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ।

पकाउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका -९ बस्ने २५ वर्षिय सन्तोष बस्याल, १६ वर्षिय मनोज बि.क, २३ वर्षिय पोषण ओली, १७ वर्षि बिबेक बस्नेत, २१ वर्षिय अजिल मिया, वडा नम्बर -६ बस्ने २१ वर्षिय केतु ओली र वडा नम्बर -९ बस्ने १८ वर्षिय मोहन बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनिहरुले आइतबार बिहान करिब ५ बजेतिर तुलसीपुर उप-महानगरपालिका वडा नं -३ भ्युडर स्थित खाली गोठमा मादक पदार्थ रक्सी सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाईटर थान- १, खुडा थान -१, हसीया थान-३ र बन्चरो थान-१ साथमा राखी स्थानिय बासीन्दाहरुलाई त्रसित गराएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिई थप अनुसन्धान अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार