माघ २२ काठमाडौ – देशका विभिन्न स्थान फरकफरक दुर्घटनाबाट २४ घण्टा नबित्दै २१ जनाकाे मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन।

नेपालमा पछिल्लो समय सबभन्दा बढी सडक दुर्घटनाबाट ज्यान गुमाउनेकाे संख्या धेरै देखिन्छ। विश्व स्वास्थ्य संगठनले सन २०१३ मा सार्वजनिक गरेकाे प्रतिवेदन अनुसार सडक दुर्घटना मध्येमा नेपाल पनि खतराको सुचिमा समावेश छ। संगठनकाे प्रतिवेदन अनुसार नेपालमा प्रति वर्ष १८०० जनाकाे सडक दुर्घटनाबाट मुत्यु हुने उल्लेख गरेकाे छ।

सडक दुर्घटनामा १४ जनाकाे मृत्यु 

सुनसरीको लौकही स्थित भोक्राहा नरसिंह ३ र ६ को सिमानामा रहेको पुल नजिक यात्रुवाहक बस र मालवहाक ट्रक शुक्रबार बेलुका ८ बजेतिर ठाेकिदा आगलागी भएको हाे। पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठाेकिदा ट्रक र बस चालक सहित अन्य २ जनाकाे मृत्यु भएको छ।

त्यसैगरी प्युठानमा ग१ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजेतिर जन्ती सवार जिप दुर्घटना हुदा ६ जनाकाे घटनास्थलै र दुई जनाकाे उपचारका क्रममा गरि आठ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौमुखी गाउँपालिका–६ का एकै घरका बसन्त खड्का, उनकी श्रीमती बसन्ता खड्का र छोरी एलिशा खड्का रहेका छन् । बसन्त गौमुखी गाउँपालिका नेपाली कांग्रेसका उपसभापति पनि रहेकाे खुलेको छ। त्यस्तैगरी साेहि ठाउँका केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगरकाे सनाखत भएकाे छ भने अन्य एकजनाकाे सनाखत नभएको प्युठान प्रहरीले बताएको थियाे।

स्याङ्जामा पनि जीप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बिरुवा गाउँपालिका ३ खालि बस्ने २६ वर्षिय जीप चालक बेल बहादुर थापा र यात्रु साेहि ठाउँका ३२ वर्षि भेष बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।शनिबार दिउँसो बिरुवा गाउँपालिका -३ धोवादी स्थित भित्रि सडक खण्डमा विरूवाबाट खाली भन्ने ठाउँ तर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको जीप सडक देखी अन्दाजी ५०० मिटर तल खसेको थियाे।

उता मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा शनिबार दिउँसो हिउँ खेल्न गएका एक युवककाे कठ्याङग्रीएर मृत्यु भएकाे र उनकाे सनाखत हुन बाँकी रहेकाे छ भने हिउँ खेल्न गएका एकजना बेपत्ता भएका छन उनकाे खाेजिकार्य भईरहेकाे मकवानपुर प्रहरीले जनाएको छ।

सल्यानमा रुखबाट लडेर एक पुरुषकाे मृत्यु भएकाे छ। शनिबार दिउसो दार्मा गाउँपालिका वडा नं ३ डाँडागाउँका ६८ वर्षिय लबे खत्रीको घर नजिकै घाँस काटदै गर्दा रुखबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए।

४ जिल्लामा ५ शव फेला

बिहीबार देखि सम्पर्क बिहिन भएका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी दशरथचन्द नगरपालिका–२ देहिमाडौँका ४५ वर्षीय मानसिंह रावत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।

सल्यानमा आफ्नो घरमा एक्लै बस्दै आएका ७३ वर्षिय वृद्ध शारदा नगरपालिका–८ मालडाँडा बस्ने ७३ वर्षीय तेजबहादुर कुँवर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

पाल्पा दुई जना मृत भेटिएका छन। तानसेनमा अचेत अवस्थामा भेटिएका अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने  ५० वर्षीय गणेश परियार र तानसेन -४ बडिज्ञानटोल भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए।

त्यसैगरी चितवन भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित घर पेटीमा मृत अवस्थामा फेला पारेको हो। मागेर खाई हिँड्ने अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला पारेको र हालसम्म मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओेम प्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार