भाद्र २२ दाङ – घाेराही उपमहानगरपालिका ४ लक्ष्मीपुर भकारेमा निर्माण भएको कृतिम पोखरीमा डुबेर घोराही ४ गोग्लीका २३ वर्षीय गोपाल सुनार बेपत्ता भएका छन। दिउसो करिब ३ बजे तिर दाजुहरु सङ्ग उक्त पाेखरीमा पौडीखेल्न पुगेका थिए । उनलाई नेपाल प्रहरी र नेपाली सेनाको टोलिले खोजीकार्य गर्दा समेत अहिले सम्म भेला पार्न सकिएको छैन ।
तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्काको नालीको खाल्डोमा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
तुलसीपुर १९ ग्वारखोला खैरेनीचोककी महिलाको घोराही तुलसीपुर सडक खण्डको नालीको खाल्डोमा जम्मा भएको पानीमा मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ।