माघ २० बाँके – भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
दाङ शान्तिनगर गाउँपालिका -३ का ८० वर्षीय पुरुषको गएराती करिब १२ बजेतिर संक्रमणबाट मृत्यु भएको डिसीएमसी बाँकेका फोकल पर्सन तेज वलीले बताए।
संक्रमित मृतक पुरुषलाई गत १६ गते परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे र साेहि दिन भेरी अस्पतालमा भर्ना भएका थिए। यो संगै बाँके जिल्लाको मृत्युु संख्या ३४७ अन्य जिल्लाको मृत्यु संख्या ४४२ पुगेकाे फाेकल पर्सन वलीले बताए।