माघ १९ काठमाडौ – पेट्रोलियम पदार्थकाे मुल्य वृद्धिकाे विरोधमा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेको छ।

धनगढीमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुदा दुई प्रहरी घाइते भएका छन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बुधबार विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउदै राँके जुलुस निकाल्न खोज्दा प्रहरीले राेक्न खाेजेपछि झडप हुदा वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशी घाइते र एक प्रहरी जवान घाइते भएका छन।

जनकपुरमा पनि अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा प्रधानमन्त्री देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै राँके जुलुस सहित प्रदर्शन गरिरहेका छन।

बझाङमा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै
कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियू बझाङले राँके जुलुस सहित प्रदर्शन गरेको छ। मुल्य फिर्ता नभए सम्म निरन्तर प्रदर्शन गर्ने र भाेली जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताएको छ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार