माघ १९ बाँके – भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा खजुरा गाउँपालिका -२ बाँकेका
का ८५ वर्षीय पुरुषको आज बिहान करिब ०८:४५ बजेतिर संक्रमणबाट मृत्यु भएको डिसीएमसी बाँकेका फोकल पर्सन तेज वलीले बताए

उनकाे गत पुष २३ गते काेराेना संक्रमण पुष्टि भएकाे र २४ गते भेरी अस्पतालमा भर्ना भएका थिए। यो संगै बाँके जिल्लाको मात्रै मृत्युु संख्या ३४७ अन्य जिल्लाको मृत्यु संख्या ४४१ पुगेकाे फाेकल पर्सन वलीले बताए।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार