माघ १७ काठमाडौं – ठुलाे धनराशि हारजित हुने गरि जुवा खेल्ने ७४ जनाकाे समुहलाई एकैसाथ पक्राउ गर्न प्रहरी सफल भएको छ।

काठमाडौ महानगरपालिका-६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा घिसिङ सहित ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त समुहले स्नुकर हाउसमा बिङ्गाे खेलाईरहेको भन्ने गाेप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरी टाेलीले उनीहरुकाे साथबाट नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँ समेत बरामद गरेकाे छ। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार