माघ १७ बाँके – भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ।

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका–६ का ६५ वर्षीय पुरुषको आज बिहान तीन बजेतिर संक्रमणबाट निधन भएको डिसीएमसी बाँकेका फोकल पर्सन तेज वलीले बताए।

संक्रमित मृतक पुरुषमा शनिबार परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे र आइतबार भेरी अस्पतालमा भर्ना भएका थिए भने उनले अहिलेसम्म काेभिड विरुद्धको कुनै पनि खाेप नलगाएकाे फाेकल पर्सन वलीले जनसहारा अनलाइनसंग बताए।

बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय ४१ जनाको निधन भएको छ भने बाँकेका मात्रै ३ सय ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको फाेकल पर्सन वलीले बताए।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार