माघ १४, सल्यान – सल्यानका केही ठाउँहरुमा शनिबार अर्थात भोलि विद्युत लाईन बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण, सल्यान वितरण केन्द्रको कार्यक्षेत्रमा रुखहाँगा कटानी कार्य गर्न लागेकोले भोलि बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म विद्युत लाइन बन्द हुने नेपाल विद्युत प्राधिकरण सल्यानले जानकारी दिएको छ ।
विद्युत प्राधिकरण सल्यानले विद्युत लाइन बन्द खलंगा बजार, पिपलनेटा, मार्के, मदना, जयतपानी र दार्मा हुने समेत जनाएको छ ।