भाद्र १७ जाजरकोट  –  जिल्लाकाे बारेकाेट गाउपालिका वडा नं ५ मा समुन्द्र सतह देखि १७०० मिटरको उचाइमा चैत महिनामा ठुलो चरि बाँघ भेटिएको थियाे । बारेकोट गाउँपालिका वडा नं ८ सेफुखोला स्थित १३१९ मिटरको उचाईमा चरि बाघको १ महिनाको पोथि बच्चा खोलाले बगाएर किनारा छेउमा लगाएको अवस्थामा भेटिएको थियो ।

खोला किनारा लागेको बाघको बच्चालाई बाटोमा हिडने बटुवाले उद्वार गरेका थिए । उद्वार गरिसके पछि वन बिरालोको बच्चा जस्तो ठानेर खोलामा फाल्ने तयारीमा रहेको बेला नलगाड नगरपालिका वडा नं ५ का चक्रबहादुर सिंह र खड्ग बहादुर शाहीले यो बच्चा ठुलो चरि बाघको हो भनि एकिन गरेपछि बारेकोट गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा बन्यजन्तु तथा पंक्षि विज्ञ गोबिन्द बहादुर सिहंलाइ फोन सम्पर्क गरेर घरमा लगेर तत्काल बच्चालाई गाई भैसीकाे दुध खुवाएर तन्दुरुस्त बनार ७ दिन पछि जिल्ला बन कार्यलय जाजरकोटको निर्देशनमा भाद्र १४ गते बिहान ७ बजे प्राकृतिक बासस्थान मा छोडिएको थियो ।
बेलुका सम्म छोडिएको ठाउँमा आमा नभेटिएकोले बेलुका पुन: दुध लिएर खुवाइएको थियो । राति १० बजे तिर बच्चा कराउदा टाढा बाट आमा पनि कराउदै राति ११ बजे तिर बच्चालाई लिएर गएको थियो । बच्चालाइ उद्वारका लागि गएको टोलि राति जंगलको ओडारमा बाँस बसेको थियो । यदि बिहान सम्म आमा नभेटिएको भए अर्को स्थान मा छोड्ने तयारी थियो । हाल सम्म उपचार गरेर उद्वारकोे संख्या १२ पुगेकाे बारेकोट गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा बन्यजन्तु तथा पंक्षि विज्ञ गोबिन्द बहादुर सिंंहले बताउनु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार