माघ ८ राेल्पा – नेपाल रेडक्रस सोसाइटी उपशाखा पाेबाङकाे १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले खिमबहादुर बिष्टलाई सभापति पदमा सर्वसम्मत चयन गरेको छ। अन्य पदाधिकारीहरुमा महिला उप-सभापति पदमा अल्पना रोकामगर,सचिव पदमा चित्रबहादुर झक्रिमगर,उपसचिव पदमा जुनिस कुमार बिष्ट,कोषाध्यक्ष पदमा रणबहादुर घर्तीमगर ,उप-कोषाध्यक्ष पदमा धनलाल पुनमगर सदस्यहरु लालबहादुर पुनमगर,रेशम पुनमगर,बोमकुमारी पुनमगर,बिवेक जिएम र खडकबहादुर गाहामगर लगाएत सर्वसम्मत चयन भएका छन।

उक्त अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य सुनबहादुर पुनमगर निर्वाचन अधिकृतकाे रुपमा खटिएका थिए।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार